राष्ट्रको सुरक्षा नीति बनाउँदा अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्नुपर्ने

डिसी नेपाल
३ असार २०७९ २१:२३

काठमाडौं । परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरसम्बन्धी नेपालका दुई सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

सुरक्षासम्बन्धी अवधारणागत एवं नीतिगत स्पष्टता, व्यावसायिक ज्ञान अभिवृद्धि तथा संस्थागत सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज उक्त कार्यक्रम भएको हो ।

उक्त प्रशिक्षणमा नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसहित दुवै सुरक्षा निकायका वरिष्ठ प्रहरी अधिकृतको सहभागिता थियो ।

प्रशिक्षणका क्रममा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ गेजा शर्मा वाग्लेले नेपाल सरकारले राष्ट्रिय सुरक्षा नीति तयार पार्दा अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय सुरक्षा नीतिमा सबै सुरक्षा निकायको अत्यन्तै महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले भूराजनीतिको अवधारणा र परिभाषा, नेपालको सन्दर्भमा भूराजनीतिको बहसका विषयमा प्रशिक्षण समेत दिएका थिए ।

उनले एसिया र दक्षिण एसियाको भूराजनीतिक तस्बिर, अर्थतन्त्रको प्रक्षेपण, अर्थतन्त्रको दृष्टिले एसिया, तथ्य र तथ्याङ्क, नेपालको भूराजनीतिक दृष्टिले संवेदनशील क्षेत्र, नेपालमा पर्ने भूराजनीतिक असर, निष्कर्ष तथा सुझावसम्बन्धी प्रस्तुतीकरण समेत दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *