किर्तिपुरमा नक्कली जग्गाधनी बनेर जग्गा बिक्री गर्ने ५ जना पक्राउ

डिसी नेपाल
५ असार २०७९ १७:१६
160
Shares

काठमाडौं । किर्तिपुरमा नक्कली जग्गाधनी बनेर करोडौँ रुपैया ठगी गर्ने ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस–६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको साविक दाङसिङ गाविस–८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस–२,घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *