लेवनानी प्रधानमन्त्रीसहित उच्च अधिकारीहरुसँग प्रधानसेनापतिको शिष्टाचार भेट (तस्बिरहरु)

डिसी नेपाल
७ असार २०७९ २०:३०

काठमाडौं । लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानसेनापति शर्माले आजै त्यहाँका रक्षामन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेवनानका सैनिक कमाण्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ ।

 

प्रधानसेनापति शर्मा यही असार ४ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *