नेप्से परिसूचक ३१.२१ अंकले घट्दा कारोबार रकम समेत खुम्चियो

डिसी नेपाल
८ असार २०७९ १५:२१

काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ३१.२१ अंकले घटेर १ हजार ८९३.५३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता सेयर खरिद बिक्री हुँदा ८४ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नबिल बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ३ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ सय ८२ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा ग्लोबल आइएमइ समुन्नत र आधीखोला लघुवित्तका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, युनाइटेड इदी मादी आरडी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रो  पावर कम्पनीका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *