माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
९ असार २०७९ १३:२०

काठमाडौं। माछापुच्छ्रे बैंकले एक लाख ६४ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छ। कम्पनीले संस्थापक सेयरधनी भरतकुमार नेपालको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएका हुन्।

यस सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। यसको भाउ भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *