नेपाल टेलिकमले ३६ प्रतिशतले घटायो इन्टरनेट शुल्क

डिसी नेपाल
९ असार २०७९ १४:५५

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको छ। टेलिकमले इन्टरनेट र इन्ट्रानेट लिज लाइन अन्तर्गतको शुल्क ३६ प्रतिशतले घटाएर नयाँ महसुल दर कायम गरेको हो।

योसँगै इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले र २५ सय रुपैयाँ रहेकोमा अब १६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सयबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर १५ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७ सय रुपैयाँ रहेकोमा अब २४ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको २४ सय रहेकोमा अब २१ सय र १०० एमबीपीएस भन्दा बढीको २१ सय रहेकोमा अब १८ सय कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *