तरकारी र फलफूलको आजको भाउ

डिसी नेपाल
१० असार २०७९ ९:३२

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ। आज शुक्रबार आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रुपैयाँ रहेको छ।

मुढेँको आलुपनि ३६ रुपैयाँ प्रतिकेजी रहेको छ। सुकेको प्याज ३८ रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल बन्दा ६० रुपैयाँ केजी रहेको छ। स्थानीय काउली ५० रुपैयाँमै पाइन्छ। यी थोक मूल्य विवरण कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको हो । बाहिर खुद्रा बजारमा अझै केही फरक पर्न सक्छ।

लाम्चो भन्टा १८, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ४०, घिउसिमी ५०, राजमा ९० टाटेसिमी १८०, भटमास कोसा १५०, घिरौला ५०, चिचिण्डो २०, स्कुस ९० रुपैयाँ प्रतिकेजी रहेको छ। यस्तैगरी च्याउ कन्ये २४० रुपैयाँ प्रतिकेजी तोकेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ। चुकुन्दर ७० रुपैयाँ प्रतिकेजी रहेको छ भने बन्दा रातो १२० रुपैयाँ रहेको छ। तामा १२० रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *