सुन र चाँदीको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१० असार २०७९ १०:४४

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला ९७ हजार २ सय रुपैयाँ कायम गरेको छ।

बिहिबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *