नेपाल फाइनान्सको १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामीमा आउँदै

डिसी नेपाल
१० असार २०७९ ११:३७
काठमाडौं। नेपाल फाइनान्सले १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर असार १७ गतेदेखि लिलामीमा ल्याउने भएको छ। कम्पनीले जेठ ६ गतेमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमा ल्याएको हो।
यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम एक सय कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयरका लागि भने कुनै हद लाग्ने छैन।
आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *