प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

डिसी नेपाल
१० असार २०७९ १३:१०

काठमाडौं। प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।

कम्पनीले १६ चैतसम्म सेयर डिम्याट गराएकाहरूको बोनस सेयर खातामा पठाइदिएको हो । १६ चैतपछि डिम्याट गर्नेहरूको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ।

त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको गत ३० चैतमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *