१३.७८ अंकले बढ्यो सेयर बजार, म्युचुल फण्डबाहेक सबै उपसुचकमा हरियाली

डिसी नेपाल
१० असार २०७९ १५:१७

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार बढेको छ। शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १ हजार ८६२.०६ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १५ करोड १२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा कुमारी बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ९ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ सय ९४ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : न्यादी ग्रुप पावर र लक्ष्मी बैंकको कारोबार भएको छ।

शुक्रबारको कारोबारमा १३ वटै उपसूचकमध्ये म्युचुल फण्ड उपसुचक बाहेक सबै उपसुचक बढेको छ। आजको कारोबारमा न्यादी हाइड्रोपावर र सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, आधिखोला लघुवित्त र मेगा म्युचुअल फण्डका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *