यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१२ असार २०७९ ९:१३

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ७३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ५८ पैसा र बिक्री दर १५४ रुपैयाँ ३२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३६ पैसा र बिक्री दर ८६ रुपैयाँ ७७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ३३ र बिक्री दर ३३ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *