नागरिक लगानी कोषले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१२ असार २०७९ ९:३५

काठमाडौं। नागरिक लगानी कोषले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनस सेयरमा लाग्ने कर तिर्न १.५७८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *