पिपुल्स पावर प्रभावितले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने

डिसी नेपाल
१२ असार २०७९ ११:३८

काठमाडौं। प्रभु क्यापिटलले पिपुल्स पावर आयोजना प्रभावित स्थानीयहरुले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिनसक्ने सुविधा सञ्चालनमा ल्याएको छ।

८ असारदेखि बिक्री खुला भइरहेको पिपुल्स पावरको आईपीओमा पनि अब इलामका स्थानीयले अनलाइन मार्फत नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ।

आयोजना प्रभावित स्थानीयहरूले प्रभु क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com मार्फत आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन्।

यसबाट हितग्राही खाता खोल्न बाँकी रहेका तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ। आवेदन गरिसकेपछि लगानीकर्ताहरुले इसेवा, खल्ती तथा प्रभु पेमार्फत अनलाइन रकम भुक्तानी गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *