दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१२ असार २०७९ ११:५३

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको १ घण्टा नबित्दै नागरिक लगानी कोष र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

नागरिक लगानी कोषको सेयर भाउ १० प्रतिशत र न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ।

नागरिक लगानी कोषको सेयर मूल्य २ सय २० रुपैयाँ ७० पैसाले बढेर २ हजार ४ सय २७ रुपैयाँ ७० पैसा पुगेको छ। यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँ २० पैसाले बढेर ३ सय रुपैयाँ १० पैसा पुगेको छ । मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *