७ अर्बले घट्यो निक्षेप संकलन, सीडी रेसियो कति ?

डिसी नेपाल
१२ असार २०७९ १२:२३

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ७ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार ९ गते निक्षेप ७ अर्बले बढेर ४९ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेपमा झरेको छ । असार ८ गते बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रूपैयाँ रहेको थियो।

यस्तै, असार ८ गते ४३ खर्ब ९८ अर्व रुपैयाँ रहेको बाणिज्य बैंकको निक्षेप ८ अर्वले घटेर ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप घटे पनि कर्जा लगानी भने स्थिर रहेको छ। असार ८ गते ४७ खर्ब ८ अर्ब रहेको बैंकहरुको कर्जा लगानी असार ९ गते स्थिर रहेको छ।

यता, बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने केहि बढेको छ। असार ९ गते बैंकहरूको सीडी रेसियो ०.१३ प्रतिशतले घटेर ८९.५२ प्रतिशत पुगेको छ। असार ८ गते बैंकहरूको सीडी रेसियो ८९.३९ प्रतिशत रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *