सार्वजनिक यातायातको भाडा घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

डिसी नेपाल
१२ असार २०७९ १२:५६

काठमाडौं।  यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ। विभागले आइतबार एक सूचना प्रकाशित  गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर घटाएको जनाएको छ ।

विभागले यात्रु बाहक सवारी साधनको भाडा ५.४१ प्रतिशतले घटाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ६.९७ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

सरकारले शनिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य घटाएसंगै विभागले पनि गाडी भाडा घटाउने निर्णय गरेको हो । सरकारले पेट्रोलको मूल्य लिटरमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले घटाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *