प्रचण्डले माओत्सेतुङका उत्तराधिकारीसहित कुनै कम्युनिष्ट नेतालाई फलो गर्दैनन्

डिसी नेपाल
१२ असार २०७९ १२:४७

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन्। उनले फलो गरेका ८ जना सबै कि त उनकै परिवारका सदस्य (छोरी र नातिनी) छन् कि अमेरिकी राजनीतिज्ञ।

प्रचण्डले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन्। उनले छोरीहरु रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् ।

यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन्।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन्।

ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन्। यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *