सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा

डिसी नेपाल
१२ असार २०७९ १५:२९

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ९४.९२ अंकले बढेर १ हजार ९५६.९८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १९ करोड ६१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। नेप्सेमा कूल २३० कम्पनीको कारोबारमा ५ कम्पनीबाहेक सबै कम्पनीको सेयर भाउ बढेको छ।

आजको कारोबारमा ३० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेसनल हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी,गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, हाइड्रो इलेक्त्रीसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट, सिनर्जी पावर डेभलपमेन्ट, घलाम्दी हाइड्रो, स्वाभिमान लघुवित्त वित्तीय संस्था,युनियन हाइड्रो, सप्तकोशी डेभलपमेन्ट बैंक,सबैको लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी,  नेपाल रि- इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर इन्स डेभलपमेन्ट,सानिमा जनरल इन्स्योरेन्स सानिमा लाइफ इन्स्योरेन्स  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, छयांडी हाइड्रोपावर र हिमालदोलखा हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।  यता, बिसाल बजार कम्पनी, नबिल ब्यालेन्स फण्ड र  लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *