सेयर बजारमा हरियाली, ९४.९२ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
१२ असार २०७९ १५:०७

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ९४.९२ अंकले बढेर १ हजार ९५६.९८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १९ करोड ६१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा कुमारी बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ८ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ सय ३ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र न्यादी ग्रुप पावरको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *