४ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रति तोला ९७ हजार ७ सय रुपैयाँ कायम गरेको छ।
आइतबार प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १० रुपैयाँले बढेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment