प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

डिसी नेपाल
१३ असार २०७९ ११:३३

काठमाडौं। साताको दोस्रो कारोबारको दिन सोमबारको प्रि ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ। साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ कम्पनी कारोबारमा आएका छन्।

जसमध्ये २२ कम्पनीको भाउ बढेको छ। २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत रहेको छ।

यस अवधिमा नेप्से १०.३२ अंकले बढेर नेप्से सूचक १ हजार ९६७.३० बिन्दुमा पुगेको छ। यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरीद बिक्री भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *