समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक : प्रचण्ड

डिसी नेपाल
१५ असार २०७९ १२:४२

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्य रहेको बताएका छन्।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक रहेको बताएका हुन्।

मोहन वैद्य र नेक्रविक्रम चन्द विप्लवको क्रान्तिको खोजी गर्ने नियतप्रति आफ्नो शंका नभएको, तर चाहानाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाइ छ।

‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ उनले भने, ‘तर, क्रान्तिकारी चाहनाले मात्रै हुने कुरा होइन। क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन । सही विचारमा लाखौं जनतालाई गोलवद्ध गरेर जनताले गर्ने कुरा हो क्रान्ति।’

सबैले आआफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुर्नविचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *