बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

डिसी नेपाल
१५ असार २०७९ १४:१२
568
Shares

बैतडी। बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन्  पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्।

एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ। आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *