हाम्रै लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

डिसी नेपाल
१५ असार २०७९ १४:३६
28
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन्।

१९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा अयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरवाहीका कारण आएको बताएका छन्।

उनले अब यस्तो स्थितिलाई सुधार गर्नु पर्ने बताए। अहिले हामी आफैले गर्दै आएको लापरवाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए।

यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उनले बताए। आफैलाई सुधार गरे उन्नत बिउँ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने बताए।

नेपाल कृषि प्रदान देश हो। हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *