विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाइने

डिसी नेपाल
१५ असार २०७९ १७:३७
156
Shares

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

सरकारका प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले वीरगञ्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सवस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकार तोक्नेसमेत निर्णय गरिएको बताए ।

मन्त्रिपरिषद्ले उपत्यकाभित्रका प्रसारण लाइन तथा सवस्टेशनमा संरचनागत सुधार, स्तरोन्नति तथा विस्तार गर्नका लागि जग्गाप्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकार तोक्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने, मध्यभोटेकोसी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने, भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने सम्बन्धमा निर्णय गरिएको बताए।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहु पूर्वे (धनुषा) लाई नियुक्त गर्ने, निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने र श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *