आज पनि देशभर वर्षाको सम्भावना
काठमाडौं। बिहीबार बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ।
दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment