काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ।
बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु–मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो।
साना सवारी साधनलाई पनि एक लेनमा आलोपालो चलाइएको छ। गएराती १० बजे पछि अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरी चौकी नाङलेभारेले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment