माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं। माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार बस्दैछ। प्रज्ञा भवन कमलादीमा बस्ने बैठकले गत पुषमा सम्पन्न महाधिवेशनले टुंग्याउन नसकेका पदाधिकारी टुंग्याउने तयारी गरेको छ ।
तीन दिनसम्म चल्ने बैठकले पदाधिकारीको टुंगो लगाउन, स्थानीय निर्वाचनको समक्षीा आगामी चुनावी रणनीतिलगायतका बिषयमा छलफल गर्ने एजेण्डा तय गरेको माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
बैठक तोकिएकै अवधीमा नसकिए केही दिन लम्बिन सक्ने उनको भनाइ छ। उनका अनुसार बैठकले रिक्त केन्द्रीय समिति सदस्य थप गर्ने र गत महाधिवेशनले टुंग्याउन नसकेका पदाधिकारी टुंग्याउने तयारी समेत गरेको छ।
‘पदाधिकारी चयन, चुनावी समीक्षा रसंघ र प्रदेशको निर्वाचनको रणनीति बैठकका मुख्य एजेण्डा रहेको छ,’ ढकालले डिसी नेपालसँग भने, ‘केही सांगठनिक बिषयमा र यसै बैठकले गत महाधिवेशनले टुंग्याउन नसकेका पादाधिकारी। रिक्त केन्द्रीय सदस्य परिपूर्ती गर्ने बैठकको मुल एजेण्डा छ।’
माओवादी केन्द्रमा हाल आठौं महाधिवेशनबाट निर्वाचित २४७ र पछि थप गरिएका ५० जना गरि २९७ केन्द्रीय सदस्य रहेका छन्। जसमध्ये ५० जना गत फागुन २३ गते काठमाडौंमा सम्पन्न दोश्रो केन्द्रीय समितिको बैठकले मनोनित गरेको हो।
मुख्यसचिव ढकालका अनुसार आइतबारदेखि सुरु हुने केन्द्रीय कमिटीको तेश्रो बैठकले नयाँ ४६ जना केन्द्रीय सदस्य थप गर्ने छ। अब माओवादी केन्द्रको केन्द्रीय समिति ३४३ सदस्यीय हुने छ। त्यस्तै ९३ जना वैकल्पिक केन्द्रीय सदस्य थप गर्ने तयारी माओवादीको छ।
Facebook Comment