किम जोङ उनले भने ‘एलियनले बेलुनमा भाइरस भरेर फालेपछि यहाँ कोरोना फैलियो’

डिसी नेपाल
१९ असार २०७९ ११:४६
1.9k
Shares

काठमाडौं । उत्तर कोरियाका षउ;स किम जोङ उन आफ्नो अनौठो बयानका कारण चर्चामा रहन्छन् । कोरोनाबारे फेरि एकपटक उनको यस्तो बयान आएको छ जसको विश्वभर चर्चा भइरहेको छ । किम जोङले एलियनका कारण कोरोना फैलिएको दाबी गरेका छन् ।

किम जोङले भने कि देशमा पहिलो कोरोना केस पनि एलियनका कारण भेटिएको हो । उनले दक्षिण कोरियासँग जोडिएको सिमानाबाट बेलुनमा एलियनले भाइरस फ्याँकेको बताए । त्यसयता देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । उत्तर कोरियामा अप्रिलमा १८ वर्षीय सैनिक र ५ वर्षका बालकले ‘एलियन जस्तो वस्तु’ छोएको अफवाह फैलिएको छ । त्यसपछि दुवैमा कोरोनाको लक्षण देखिएको थियो ।

तर, छिमेकी देश दक्षिण कोरियाले एलियन्सबाट फैलिएको सिद्धान्तलाई बकवास भनेको छ । सियोलका एक प्रोफेसरले किम जोङको दाबीमा विश्वास गर्न गाह्रो भएको बताउँछन् किनभने वस्तुहरूबाट भाइरस फैलिने सम्भावना धेरै कम हुन्छ।

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार सरकारले सीमासँग जोडिएका क्षेत्रका लागि केही निर्देशन दिएको छ । सरकारले सिमाना नजिकै बसोबास गर्ने मानिसलाई हावाबाट आउने वस्तु बेलुन, एलियनजस्ता वस्तुबाट सचेत रहन भनेको छ । यदि कसैले यस्तो देख्यो भने प्रहरीलाई खबर गर्न भनिएको छ ।

करिब साढे दुई वर्षसम्म कोरोना भाइरसबाट बाँचेको दाबी गरेपछि मे महिनामा कोरोना सङ्क्रमणको घोषणा गरिएको थियो । अप्रिलको अन्त्यदेखि उत्तर कोरियामा करिब २० लाख मानिस रहस्यमय ज्वरोबाट पीडित थिए । मे १२ मा उत्तर कोरियाले आफ्नो देशमा पहिलो पटक कोरोना भाइरस भेटिएको घोषणा गरेको थियो । यसपछि किम जोङले पूरै देशमा लकडाउन लगाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *