रिलायन्स इन्डस्ट्रिजलाई एक झट्कामा खरबौं घाटा

डिसी नेपाल
१९ असार २०७९ १५:०६

काठमाडौं । बम्बई स्टक एक्सचेन्ज (बीएसइ) मा सूचीबद्ध शीर्ष १० कम्पनीहरु मध्ये तीनको बजार पूँजीकरण गत हप्ता सामूहिक रूपमा ७३,६३०.५६ करोड रुपैयाँले घट्यो। यस अवधिमा सबैभन्दा ठूलो घाटा मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रिज लिमिटेडलाई भएको छ । कम्पनीका लगानीकर्ताको खरबौं रुपैयाँ एकैछिनमा गुमेको छ ।

रिलायन्स इन्डस्ट्रिज बाहेक हिन्दुस्तान युनिलिभर र आइसीसीआइ बैंकको मार्केट क्यापमा गिरावट आएको छ। रिलायन्स इन्डस्ट्रिजको बजार पूँजीकरण रिपोर्टिङ् हप्तामा ६२,१००.९५ करोडले घटेर १६,२९,६८४.५० करोडमा पुगेको छ। आईसीआईसीआई बैंकले ६,६५४.२ करोड रुपैयाँ घटेर ४,८९,७००.१६ करोड रुपैयाँ र हिन्दुस्तान युनिलिभरले ४,८७५.४१ करोड रुपैयाँ घटेर ५,३६,३६४.६९ करोड रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा १० मध्ये सात कम्पनीको बजार पूँजीकरणमा कुल रु ४९,४४१.०५ करोडले वृद्धि भएको छ । तर, सात कम्पनीको नाफा तीन कम्पनीको घाटाको तुलनामा निकै कम रहेको उल्लेख छ । सेन्सेक्समा नाफा कमाउने कम्पनीहरूको बारेमा कुरा गर्दै, टाटा कन्सल्टेन्सी सर्भिस, एचडीएफसी बैंक, इन्फोसिस, एलआइसी, एसबआइ, एचडिएफसी र भारती एयरटेल छन् । उनीहरूको मार्केट क्याप बढेको छ।

इन्फोसिसको बजार पूँजीकरण रु १५,१७२.८८ करोडले बढेर रु ६,२१,९०७.३८ करोड पुग्यो। स्टेट बैंक अफ इन्डियाको एम-क्याप ११,२००.३८ करोड रुपैयाँले बढेर ४,१६,६९०.११ करोड रुपैयाँ पुगेको छ। यस बाहेक, एलआइसीको मार्केट क्याप ९,५१९.१२ करोड रुपैयाँले बढेर ४,२८,०४४.२२ करोड रुपैयाँ पुगेको छ, जबकि टिएससीको ८,४८९ करोड रुपैयाँले बढेर १२,१३,३९६.३२ करोड रुपैयाँ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *