बेलगार्डमा विष्फोट, तीन जनाको मृत्यु: रुस
काठमाडौं । पश्चिमी रुसको बेलगार्डमा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । यो जानकारी स्थानीय गभर्नर व्याचेस्लाव ग्लाडकोभले दिएका छन्।
विस्फोटका कारण धेरै आवासीय भवनमा पनि क्षति पुगेको उनले बताए ।
यद्यपि यो दाबीलाई कुनै पनि स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन। रुसले युक्रेनमा आक्रमण गरेपछि बेलगार्ड क्षेत्रमा धेरै हमला भएका छन् ।
यसैबीच, पूर्वी युक्रेनी सहर लेस्चान्स्कमा भिडन्त जारी छ। यो लुहान्स्क क्षेत्रमा अझै पनि युक्रेनको नियन्त्रणमा रहेको एक मात्र सहर हो।
युक्रेनको रक्षा मन्त्रालयका एक अधिकारीले सहरको अवस्था निकै कठिन रहेको तर अहिलेसम्म यो सहर पूर्ण रुसको कब्जामा नआएको बताएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment