सिँढीबाट लडेपछि लालु यादव अस्पताल भर्ना
काठमाडौं । राष्ट्रिय जनता दलका अध्यक्ष तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पटनाको पारस अस्पतालमा भर्ना गरिएको छ । उनी सिँढीबाट खसेर घाइते भएका थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार लालु यादव आइतबार आफ्नो घरको सिँढीबाट खसेका थिए जसका कारण उनको दाहिने काँधमा सानो फ्रेक्चर भएको थियो । समाचार एजेन्सी पीटीआईले लालु यादवको काँधमा फ्रेक्चर भएको र ढाडमा चोट लागेको लेखेको छ ।
पारस अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट आसिफ रहमानले लालुप्रसाद यादवलाई दिउँसो करिब साढे तीन बजे आपतकालीन अवस्थामा ल्याइएको बताए । त्यतिबेला काँधको चोटका कारण उनको अवस्था राम्रो थिएन । आईसीएयूमा चिकित्सकहरूले उनको अवस्थाको निगरानी गरिरहेका छन्। अहिले अवस्था स्थिर छ ।
लालु यादव पहिलेदेखि नै बिरामी छन् । उनको मृगौलाको समस्या पनि छ र हालै उनले प्रत्यारोपणका लागि विदेश जाने सम्बन्धमा अदालतमा निवेदन समेत दिएका थिए ।







डिसी नेपाल







Facebook Comment