सिद्धु मूसेवालालाई सबैभन्दा नजिकबाट गोली हान्ने अंकित सिरसा पक्राउ
काठमाडौ । दिल्ली पुलिसलाई सिद्धु मुसेवालाको हत्यामा अर्को ठूलो सफलता हात लागेको छ। गोली हानाहानमा संलग्न अंकित र उनका साथी सचिन भिवानीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुवैले लरेन्स बिश्नोई र गोल्डी बरारको ग्याङमा काम गरेका थिए । पञ्जाब प्रहरीको तीन वटा वर्दी सहित प्रहरीले उनीहरुको साथबाट एक ९ एमएमको पेस्तोल, ३ एमएमको पेस्तोल र डोंगलसहितका दुईवटा मोबाइल सेट बरामद गरेको छ ।
प्रहरीका अनुसार अंकित सिरसाले सिद्धु मुसेवालामाथि सबैभन्दा नजिकबाट गोली हानेका थिए । अंकित प्रियव्रत फौजीसँग उनकै कारमा थिए। सुरुमा अंकित र फौजी दुबै सँगै भागेका थिए । प्रियव्रतलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।
जबकि अर्का अभियुक्त सचिन भिवानी सिद्धु मूसेवाला मुद्दाका चार शूटरहरूलाई आश्रय दिने जिम्मेवार थिए। राजस्थानमा लरेन्स बिश्नोई गिरोहको सम्पूर्ण काम सचिन भिवानीले नै सम्हाल्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरु दुवैलाई जुलाइ ३ गते राति ११ः०५ बजे कश्मिरे गेट नजिकैको महात्मा गान्धी मार्गबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट सेडो पेस्तोल बाहेक पञ्जाब प्रहरीको तीन वटा वर्दी पनि बरामद भएको छ ।
योसँगै प्रहरीले हालसम्म यस हत्यामा संलग्न दर्जनौं अभियुक्तलाई हिरासतमा लिएको छ । सोही क्रममा गोली प्रहार गर्ने बन्दुकधारीको धरपकड जारी छ ।
स्रोतका अनुसार सबै सुटरहरू लरेन्स बिश्नोईका नजिकका छन् । उनीहरूको गिरफ्तारीका लागि दिल्ली, पञ्जाब, हरियाणा र राजस्थानमा प्रहरीले छापा मारिरहेको छ ।
यसभन्दा केही दिन अघि पञ्जाब पुलिसले मूसेवाला हत्या प्रकरणमा हरियाणाको फतेहाबादमा छापा मारेको थियो, जहाँ अर्को संदिग्ध देवेन्द्र उर्फ कालालाई पक्राउ गरिएको थियो। उनीमाथि हत्यामा संलग्न दुई अभियुक्तलाई शरण दिएको आरोप छ । सहयोगीहरुको सोधपुछका आधारमा प्रहरीले गोली प्रहार गर्नेहरुको सुराग खोजिरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment