मह खेती जोगाउनको लागि लाखौं मौरी मारिँदै !
काठमाडौं । अष्ट्रेलियामा मह खेती जोगाउनका लागि लाखौंको संख्यामा माहुरी मारिने भएको छ । सुन्दा अनौठो लाग्न सक्छ तर यो सत्य हो । अष्ट्रेलियामा मह उत्पादन गर्ने मह उद्योगलाई बचाउन लाखौं मौरी मारिने भएको छ ।
यसको पछाडिको कारण भेरोआ माइट नामक परजीवी हो। यो परजीवी देशको दक्षिणपूर्वी भागमा फैलिएको छ। जसका कारण अहिले करोडौं रुपैयाँको मह उद्योग संकटमा परेको छ । यसैलाई मध्यनजर गर्दै मौरीपालक किसानका लागि अलर्ट जारी गरिएको हो । त्यसयता हजारौं हनीबी कोलोनीहरू (जहाँ मौरीपालन गरिन्छ) ध्वस्त भएका छन्।

“अष्ट्रेलिया एक मात्र ठूलो मह उत्पादक देश हो जुन अझै पनि भेरोआ माइटबाट मुक्त छ,” न्युसाउथ वेल्स राज्यका प्रमुख वनस्पति संरक्षण अधिकारी सतेन्द्र कुमारले न्यूयोर्क टाइम्सलाई भने ‘यदि यो परजीवी फैलियो भने, मह उद्योगले वार्षिक ७० मिलियन डलर गुमाउन सक्छ।’
भेरोआ माइट घारमा पुग्दा भाइरस फैलिने जोखिम पनि बढ्छ । यो जीवले घारमा पाँच प्रकारका भाइरस फैलाउन सक्छ जसले मौरीको सम्पूर्ण बस्ती नष्ट गर्न सक्छ। विश्वव्यापी रूपमा, यो प्राणी मौरीहरूको कोलोनी नष्ट गर्ने परजीवीको रुपमा जानिन्छ।

यो जीवले कति खतरा फैलाउँछ भन्ने बुझ्न विभिन्न मौरीका घारहरू पनि तुलना गरिएको थियो। युनिभर्सिटी कलेज लन्डन र इटालीको सासारी युनिभर्सिटीको अनुसन्धानका अनुसार मौरीले अन्य मौरीलाई विशेष प्रकारको नृत्य गरेर उनीहरूलाई कहाँ खाने भन्ने कुरा बुझाउँछन्। यो नाचबाट संक्रमण फैलिने खतरा बढ्छ ।
तिलको आकारको भेरोआ माइट हल्का रातो खैरो रंगको हुन्छ। एउटै भेरोआ माइटले मौरीको सम्पूर्ण घार मार्न सक्छ। एउटा मौरीमा टाँसिएपछि अर्कोमा पुग्छ र यसरी सम्पूर्ण घारलाई आफ्नो नियन्त्रणमा लिन्छ।
जब भेरोआ घारमा पुग्छ, माहुरीहरू एकअर्काबाट अलग हुन थाल्छन्। मानिसहरू जस्तै, तिनीहरू सामाजिक दूरी पालना गर्छन्। रोग लाग्न नदिनुका साथै व्यवहारमा पनि परिवर्तन ल्याउने गर्दछन् । तर, यसपछि पनि यो परजीवीले धेरै क्षति पुर्याउँछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment