राष्ट्रपति भण्डारीद्वारा आबेको हत्याप्रति खेद प्रकट

डिसी नेपाल
२५ असार २०७९ १८:५९
40
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज ट्वीट गरी स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन् । यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छन् ।

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो । यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *