गठबन्धन र तालमेल : ‘स्वार्थ पूरा गर्न केन्द्रित’

डिसी नेपाल
२६ असार २०७९ ८:१२

पाँचथर। पछिल्लो समय मौलाएको गठबन्धन र चुनाबी तालमेलमा देशका सबै राजनीतिक दल बिकल्पविहीन बन्दै त्यसमै लिप्त भएपछि भविष्यका आस्थाका केन्द्र बनिरहेका शिक्षित युवा नेताहरु असन्तुष्टि व्यक्त गर्न थालेका छन्। तर, उनीहरु पार्टी नेतृत्वबिरुद्ध खुलेर बोल्न भने सक्दैनन्, कारण हो अवसरबाट बञ्चित गराउने डर।

उनीहरु यस्तो गठबन्धन र तालमेलले निर्वाचन जित्नुलाई ‘मिल र लुट’ उपमा लिन थालेका छन्। पाँचथरका ठूला र साना भनिने दलका केही शिक्षित युवा नेताहरुसित डिसी नेपालले गरेको अन्तरसंवादमा उनीहरु खुलेरै संघीयताको नराम्रो पाटोमा गठबन्धन र तालमेललाई लिन थालिएकोमा चिन्तित देखिए।

नेपाली कांग्रेसका सचिव तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दिपक नेपाल यस्तो प्रवृत्तिलाई ’ग्याङ फाइट’ को उपमा लिन्छन्। उनी भन्छन्, ‘यस्तो प्रतिस्पर्धा राम्रो होइन, आफूआफूबीच प्रतिस्पर्धा गरेर नेतृत्वमा आउनु पर्ने प्रजातन्त्रको सुनौलो पक्षबिपरीत दलदलबीच बहुमत नआउने भएपछि यस्तो संस्कारको दीगो बिजारोपण हुने देखियो, योे कदापि राम्रो होइन।’

नेपालजस्तै नेकपा एमालेका युवा नेता जिल्ला कमिटी पाँचथरका उपसचिव तथा फिदिम नगरपालिकाको मेयरमा करिव ३ सय मतले गठबन्धनका कारण पराजित पृथ्बी लावती गठबन्धन र तालमेलका कारण पार्टीहरुले आफ्नो नीति लिएर तल्लो तहसम्म अर्थात जनतासम्म जान नसक्ने अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गर्छन्।

उनले भने, ‘यो संस्कारले जनचाहनाअनुसार काम गर्न नसक्ने अवस्था आउँछ, अनि दुःख गर्ने कार्यकर्ता अवसर नपाएपछि पलायन हुने डरलाग्दो स्थितिको प्रक्षेपण गर्न सकिन्छ।’ उनी एमालेमा पाँचथरमा निक्कै आशालाग्दा युवा नेताका रुपमा चिनिन्छन्।

तरुण दलका पूर्व अध्यक्ष तथा कांग्रेस जिल्ला कार्यसमिति सदस्य सुबराज थापा पनि यस्तो गठबन्धन र तालमेलालाई उचित मान्दैनन्। उनी नेताहरु जनतासित बिश्वास गर्ने अवस्था नभएपछि गठबन्धन र तालमेल मौलाएको निचोडमा पुगेका छन् ।

जनताले मत नदिने बुझाइपछि चुनाब जित्नैका लागि यस्तो प्रवृत्तिले मौलाउने अवसार पाएकोमा चिन्ता व्पछि चुनाब जित्नैका लागि यस्तो प्रवृत्तिले मौलाउने अवसार पाएकोमा चिन्ता व्यक्त गर्छन् । उनले भने, ‘यस्तो संस्कार मौलाउँदै गएमा साना र नाममात्रका दलको बाहुल्यता बढ्ने पक्का देखिन्छ ।’

युवा संघमा भरखरै निर्वाचित अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य कमल थपलिया भने बढी आक्रोसित छन् । उनी ‘मिल, लुट र खाउ’ नीतिमा दलका निर्णायक नेतृत्व लागेकोमा बेखुसी व्यक्त गर्छन् । उनले भने, ‘सबै ‘तैं चुप मै चुप’ छन्, सबै मिलिमिली लुटौं भन्नेमात्र देखियो ।’

नेपाली कांग्रेसकी नेतृ कल्पना थापा पनि यस्तो बेथितिको संस्कारबिरुद्ध खनिइन् । उनी  पनि गठबन्धन र तालमेल उचित मान्दिनन् । उनले डिसी नेपालसित भनिन्, एउटै पार्टी शक्तिशाली नभएपछि गठबन्धन गर्नु बाध्यता हो, तर यो संस्कार राम्रो होइन ।’

कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा खुला रुपमा निर्वाचित उनी गठबन्धन र तालमेललाई प्रणालीको रुपमा बिकसित गर्दै लगिएमा त्यसले देशको हित नगर्नेमा अडिग देखिइन् ।

राप्रपाका प्रवक्तासमेत रहेका युवा नेता प्रयाग सुवेदी भने अलि अलग कुरा गर्न रुचाउने रहेछन् । उनी गठबन्धनका कारण साना दलका इमान्दार नेता पनि निर्वाचित हुने अवस्था आएको बुझ्छन्् । उनले भने, ‘दलीय पद्धतिमा जे भए पनि गठबन्धन र तालमेलका कारण जो इमान्दार भएर निर्वाचन जिते भने त्यसलाई गलत रुपमा लिनु हुन्न ।’

युवा महिला व्यवसायी चन्दा ओझा थापा पनि यस्तो बेथितिको गठबन्धनको बिपक्षमा बोल्न हिच्किचाउँदिनन् । उनी एक दशकबढी ब्यवसाय सञ्चालन गर्दै आएकी र राजनीतिक दलको सबै कृयाकलाप नजिकबाट नियालीरहेकी छन् । भनिन्, ‘जुनसुकै अर्थमा पनि गठबन्धन र तालमेल प्रजातन्त्रको मान्यताबिपरीत हुन्छ नै ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *