चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे

डिसी नेपाल
२६ असार २०७९ ११:३०
84
Shares

काठमाडौं। चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज विहान काठमाडौं आइपुगेका छन्। आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी आज काठमाडौं आएका हुन्।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन्। राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन्।

केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियो मार्फत कुराकानी गरेका थिए। केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *