सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

डिसी नेपाल
३० असार २०७९ ९:५४

काठमाडौँ। सिद्धार्थ बैंकले काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ। बैंकले २०७९ आषाढ २९ गते बुधबार अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख ६ हजार २ सय ५० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।

सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्नेछ। उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भएतापनि चस्मा बिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीहरुलाई सहज रुपले अध्ययन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जानेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *