सडक दुर्घटनामा एक पैदल यात्रीको मृत्यु

डिसी नेपाल
३० असार २०७९ १८:२६
72
Shares

सप्तरी । रुपनी गाउपालिका ६ विरेन्द्र बजार सप्तरीमा बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यसरी मृत्युु हुनेमा सोहि ठाउँका पैदल यात्री ५५ वर्षीय दिपनारायण मेहता रहेका छन्।

पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको स ४ प १३३४ नंको मोटरसाईकलले ठक्कर दिएपछि ठक्करबाट गम्भीर घाइते भएका मेहतालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

चालक र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *