मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने

डिसी नेपाल
३१ असार २०७९ ९:२०

काठमाडौं।  मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (गाभ्ने) गर्ने भएको छ । दुवै कम्पनीको गाभ्ने–गाभिने प्रस्ताव पारित गर्न आज विशेष साधारण सभा बस्दैछ ।

मिर्मिरेको सभा होटल सारथी, धुलीखेलमा बिहान ११ बजे सुरु हुने भएको छ भने वुद्ध ज्योतिको सभा कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी साँस्कृतिक नगरपालिका पर्सा, रुपन्दैहीमा बिहान ११ बजे सुरु हुने भएको छ ।

दुवै कम्पनीले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने, एक्वयारपछि कायम पुँजीका आधारमा प्रिमियममा एफपीओ निष्कासन गर्ने लगायतका एजेन्डा राखेका छन् । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *