सुनको मुल्यमा गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३१ असार २०७९ १०:५१

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *