युक्रेन युद्धको तनावका बीच अमेरिका र रुसबीच सहकार्य गर्ने सम्झौता !

डिसी नेपाल
३२ असार २०७९ १०:४९
2.4k
Shares

काठमाडौं । फेब्रुअरीमा रुस र युक्रेनबीच युद्ध सुरु भएपछि अमेरिका र रुसबीचको सम्बन्ध चिसिएको छ ।

तर अहिले दुई देशबीच एउटा मुद्दामा सहमति भएको खबर आएको छ । समाचार एजेन्सी रोयटर्सले शुक्रबार यो जानकारी दिएको हो ।

यस सम्झौता अन्तर्गत नासा र रुसी अन्तरिक्ष एजेन्सी रोजकोसमोसबीच अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि उडान सुरु हुनेछ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस सम्झौता अन्तर्गत रुसी अन्तरिक्ष यात्रीहरूले अमेरिकी अन्तरिक्ष यानमा यात्रा गर्न सक्नेछन् र अमेरिकी अन्तरिक्ष यात्रीहरूले रुसी अन्तरिक्ष यान सोयुजमा यात्रा गर्न सक्नेछन्।

रोजकोसमोसले यस बारे एक विज्ञप्ति जारी गर्दै भन्यो, “यो सम्झौता अमेरिका र रुसको हितमा छ, र यसले आइएसएस फ्रेमवर्क अन्तर्गत पारस्परिक सहयोग बढाउनेछ।”

विज्ञप्तिमा भनिएको छ कि यो सम्झौताले ‘शान्तिपूर्ण उद्देश्यका लागि अन्तरिक्ष अन्वेषण’ लाई अनुमति दिनेछ।

सम्झौता अन्तर्गत, अमेरिकी अन्तरिक्ष यात्री फ्रान्क रुबियो सेप्टेम्बरमा सर्गेई प्रोकोपिएभ र दिमित्री पेटलिनसँग कजाकिस्तानको बायकोनुर कोस्मोड्रोमबाट उडान गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *