सिलिन्डर पड्केर आगलागी, तीन जना घाइते

डिसी नेपाल
१ साउन २०७९ १४:२६
188
Shares

सप्तरी। बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएकाे आगलागीमा तीन जना घाइते भएका छन्। बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा तीन जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो घटनामा आगो निभाउन गएका कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका छन्। प्रहरीका अनुसार यादवको घरमा एकै पटक तीन वटा ग्यास सिलिन्डर पड्किएको थियो।

आगलागीमा घरमा रहेको नगद १ लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी, एक थान साइकललगायत सामान जलेर पूर्ण रुपमा नष्ट भएको घरधनी यादवले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *