भारतीय गजल गायक भुपिन्दरको निधन

डिसी नेपाल
३ साउन २०७९ १२:३६
88
Shares

मुम्बई। बलिउडका दिग्गज गजल गायक भुपिन्दर सिंहको सोमबार बिहान निधन भएको छ। उनको निधनको खबरले बलिउडमा शोक छाएको छ । भुपिन्दरको निधनको जानकारी उनकी श्रीमती मिताली सिंहले दिएकी हुन्।

‘उहाँ केही समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए। साथै उहाँलाई युरिनरी इशूज पनि भएको थियो’, मितालीले भनेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुपिन्दरको निधनमा शोक व्यक्त गरेका छन्।

भुपिन्दरको जन्म ६ फेब्रुअरी, १९४० मा पञ्जाबको अमृतसरमा भएको थियो। उनले गायकीको सुरुवाती शिक्षा आफ्नो पिता नाथा सिंहबाट प्राप्त गरेका थिए । उनले आफ्नो करियरको सुरवात अल इण्डिया रेडियो दिल्लीबाट गरेका थिए।

यसपछि उनले दिल्लीस्थित दूरदर्शनमा पनि काम गरे । उनलाई मदन मोहनले फिल्म ‘हकिकत’मा मोहम्मद रफीसँग ‘होके मजबूर मुझे उसने बुलाया होगा’ गीतमा सहकार्य गरेका थिए । तर यो गीतले खासै पहिचान बनाउन सकेनन्।

त्यसपछि सन् १९७८ मा रिलिज फिल्म ‘वो जो शहर था’ले उनलाई लोकप्रिय बनायो । यो फिल्मपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन्। उनले गाएका गीतहरु ‘होके मजबुर मुझे’, ‘दिल ढूँढता हे’, ‘दुकी पे दुकी हो या सत्ते पे सत्ता’लोकप्रिय छन्। ८२ वर्षे गायकले ‘मौसम’, ‘सत्ते पे सत्ता’, ‘अहिस्ता अहिस्ता’, ‘दूरियाँ’, ‘हकीकत’लगायतका चर्चित फिल्ममा स्वर दिएका थिए। उनको अन्तिम संस्कार मंगलबार दिउँसो साढे ११ बजे ओशिवरा मसानघाटमा गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *