आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेशमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
४ साउन २०७९ ७:०६

काठमाडौं। आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ। बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *