आठराई : आठराई रहेन

डिसी नेपाल
४ साउन २०७९ ७:१३

इवा (तेह्रथुम)। ‘२०३४ ताका ताप्लेजुङले आठराईका ५ गाउँ पञ्चायत लग्यो, अनि आठराईः आठराई नै रहेन।’ रणदल आधारभूत विद्यालय आठराई–४ का पूर्व प्रधानाध्यापक जयप्रकाश इङनामले पहिचान गुमेको भावमा भने, ‘अब त आठराईलाई कसरी आठराई भन्नु?’

हो, ताप्लेजुङको नजिक भएकै कारण निगुरादिन, फुलबारी, हाङपाङ, चाँगे र ढुंङ्गेसाँघु ताप्लेजुङतिर गाभियो। अनि आठराईको पहिचानमा खोट लागेको इवाका युवा व्यवसायी गणेश प्रसाईको बुझाइ रहेछ।

आठराई भनेकै १२ गाउँ पञ्चायतको समग्र नाम थियो, कुनै बेला। अहिले त आठराईमा संक्रान्ती (डाँडागाउँ) खाम्लालुङ, ह्वाकु (हाङको), इवा, छातेढुंगा (पोखरी), चुहानडाँडा र थोक्लुङ (थगकलुङ) मात्र बाँकी छन्।

बिगतमा ८ जना राजाको नामबाट आठराई नामाकरण भएको विगत जयप्रकाश इङनामको प्रकाशोन्मुख पुस्तकमा उनले वर्णन गरेका छन्। सुमेवाहाङ, कन्दङवाहाङ, इङनामहाङ, सेन्दाङहाङ, पोमोहाङ, याक्सोहाङ, हाङबाङहाङ र आङमाङहाङ राजाहरुकै कारण आठराई नामाकरण भएको इतिहास छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा इवामा तेह्रथुम बहुप्राविधिक शिक्षालय हालै स्थापना भएको छ। करिव ५ करोड रुपैयाँ लगानीमा भव्य महल बन्दैछ, शिक्षालयका लागि ।

‘सानो गाउँ र कृषि तथा भेटेरिनरीतर्फ विद्यार्थीको आकर्षण कम भएकै कारण विद्यार्थीको अभाव त हुन्न।’ शिक्षालय प्रमुख शिव पाण्डे शिक्षालय निरन्तर सञ्चालनमा समस्या आउन नदिन नेतृत्वसित आग्रह गर्छन्। आठराईको पहिचान बचाउन सबै एक जुट हुनु पर्नेमा स्थानीयको जोड छ, तर त्यो कति सार्थक हुन्छ ? त्यो समयले बताएला।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *