रु १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

डिसी नेपाल
४ साउन २०७९ १४:२९
40
Shares

बुधबारे। बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ। महालेखा परीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम रु १३ लाख नौ हजार नियम विपरीत ठहर गरेको हो।

सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा मीरा भुर्तेल निर्वाचित हुनुभएको थियो।

महालेखाको प्रतिवेदनमा प्रदेश नं १ को गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधासम्बन्धी ऐन २०७५ ले हरेक पदाधिकारी तथा सदस्यलाई सञ्चार सुविधासम्बन्धी व्यवस्था गरेको जनाउँदै स्मार्ट फोन किन्ने सुविधा ऐनमै नभएको उल्लेख छ। ऐनमै नभएको सुविधाबापत खर्च रकम असुल गरिनुपर्ने प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *