‘एक नेपाली, एक पर्यटक’ अभियान सञ्चालन गर्न चेम्बरको प्रस्ताव
फाइल तस्वीर।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक भित्र्याउन ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग प्रस्ताव गरेको छ । नवनियुक्त राजदूत अर्यालसँग आज भएको छलफलमा चेम्बर पदाधिकारीले ओमानमा रहेका प्रत्येक नेपालीले एक ओमानी नागरिक भित्र्याउने वातावरण बनाउन आग्रह गरेका हुन् ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताए । ओमानमा झण्डै २० हजार नेपाली कार्यरत छन् । “एशियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ”, उनले भने, “त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरी राजदूतले भूमिका निर्वाह गरिदिनुपर्यो ।”
सो क्रममा राजदूत अर्यालले ओमानबाट पर्यटक तथा वैदेशिक लगानी भित्र्याउन आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाए । ओमानमा नेपाल हाउस स्थापनाका लागि आफूले पहल गर्ने उनले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment