आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने

डिसी नेपाल
५ साउन २०७९ ६:३३
336
Shares

काठमाडौं। काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ।

नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो।

योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ। बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो। जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *